काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, भएको क्षतिको विवरण, बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका साथै राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गरिने जनाइएको छ।
१६ भदौ २०८३, मङ्गलबार १०:४३ मा प्रकाशित