अर्घाखाँची सिमेन्टका कर्मचारीद्वारा भोटेकोशी बाढीपीडितका लागि ६ लाख ७५ हजार सहयोग

nepalkuro.com

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ६ लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उद्योगका कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए ।

विपद्का बेला पीडितको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेको उनले बताए ।

“समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम सङ्कलन गरेका हुन्,” कार्कीले भने ।

उद्योगमा कार्यरत कर्मचारीले यसरी पहिलोपटक स्वतःस्फूर्त रूपमा ठूलो रकम सङ्कलन गरी विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्न लागेको उनले बताए ।

उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सङ्कलित रकम छिट्टै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगले जनाएको छ ।

प्रतिक्रिया