श्रीकृष्ण जन्माष्टमीमा प्रधानमन्त्री शाहको शुभकामना : ‘निष्ठापूर्वक भूमिका निर्वाह गर्नु नै वास्तविक कर्मयोग’

nepalkuro.com

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका छन्। कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको उनले उल्लेख गरेका छन्।

“विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो,” प्रधानमन्त्री शाहले भनेका छन्।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा अडिग रहन धैर्य, शक्ति र प्रेरणा प्राप्त होस् भन्दै प्रधानमन्त्री शाहले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया