पाँचथर — कुलोको मुहान मर्मत नगर्दा यस वर्ष धान रोप्न नपाएको भन्दै पाँचथरका किसानले २२.१ मेगावाट क्षमताको माउन्टेन हाइड्रोपावरको विद्युत् उत्पादनमा अवरोध पुर्याएका छन् । समस्या समाधान नभएसम्म आयोजना सञ्चालन हुन नदिने चेतावनीसहित उनीहरूले आन्दोलन थालेका हुन् ।
फिदिमस्थित फेमे खोलामा सञ्चालित आयोजनाको इन्टेकबाट फ्लसिङ गर्दा बग्ने माटो, बालुवा र लेदोका कारण कुलोको मुहान पटक–पटक बग्दै आएपछि क्षति पुगेको किसानको भनाइ छ ।
आयोजना निर्माणअघि मुहानमा क्षति पुगे कम्पनीले मर्मत गरिदिने हाइड्रो सञ्चालकले लिखित सहमति गरे पनि तीन वर्षदेखि त्यसको कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।
१४ साउन २०८३, बिहिबार ११:४५ मा प्रकाशित