रसुवा बाढी प्रभावित जलविद्युत आयोजनामा खोज तथा उद्धारको अवस्थाबारे प्रेस ब्रिफिङ
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– रसुवामा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङ तथा संरचनामा भइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिन प्रेस ब्रिफिङ आयोजना गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा संरचनामा फसेका वा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारमा भइरहेको प्रयासबारे सञ्चारकर्मीलाई जानकारी दिन ब्रिफिङ आयोजना गरेको हो ।
सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा प्रभावित जलविद्युत आयोजनामा भइरहेको खोज तथा उद्धार, सुरक्षा अवस्था र हालसम्मको प्रगतिबारे नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जानकारी गराएका छन् ।
गत भदौ १० गते रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजना, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्य विभिन्न सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा जारी रहेको प्राधिकरणले जनाएको छ ।