राजधानीमा शनिबार बिहान विभिन्न स्थानमा भीषण गोलीबारी र विस्फोट

nepalkuro.com

नियामे– नाइजरको राजधानी नियामेमा शनिबार बिहान विभिन्न स्थानमा भीषण गोलीबारी र विस्फोटका आवाज सुनिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार राजधानीका विभिन्न क्षेत्रमा लगातार गोली चलेको र विस्फोट भएको हो। सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको तथा राष्ट्रपति निवासको सुरक्षा घेरा तोड्ने प्रयास गरिएको जनाएका छन्।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। आक्रमणमा को संलग्न थियो र घटनाबाट कति जनाको मृत्यु वा घाइते भए भन्नेबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

नाइजर पछिल्लो समय राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीसँग जुधिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया