त्रिशूली–३ ‘ए’ सुरुङमा १० दिनदेखि फसेका दुई जनाको जीवितै उद्धार

nepalkuro.com

काठमाडौँ– रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि सकुशल उद्धार गरिएको छ।

शुक्रबार बिहान खोजी तथा उद्धार टोलीले सुरुङभित्रबाट उनीहरूको जीवितै उद्धार गरेको हो।

उद्धार हुनेमा नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी तथा मेकानिकल फोरम्यान सञ्जय साह र आयोजनाका सुपरभाइजर कविर महर्जन रहेका छन्।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला बाढी आएका कारण साहलगायत प्राविधिक कर्मचारीहरू सुरुङभित्र फसेका थिए।

बाढी आएको १० दिनपछि खोजी तथा उद्धार टोलीले उनीहरू दुवै जनालाई जीवितै उद्धार गर्न सफल भएको हो।

प्रतिक्रिया