नेपालको वैदेशिक ऋण मौज्दातका सम्बन्धमा विभिन्न दृष्टिकोणबाट चर्चा हुने गरेको छ। नेपाल वैदेशिक ऋणको चपेटामा पर्दै गएको, नेपाली मुद्राको विनिमय दर अवमूल्यन हुँदा वैदेशिक ऋण सहुलियतपूर्ण हुन नसकेको, अझ महँगो हुँदै गएको लगायतका नकारात्मक धारणा प्रशस्तै सुन्न र पढ्न पाइन्छ।अर्कातिर, यसको आवश्यकता र महत्त्वको विषयमा कमै विचारहरू सार्वजनिक हुने गरेका छन्।
तथ्यांक हेर्दा वैदेशिक ऋण नेपालको सार्वजनिक वित्त व्यवस्थापनको महत्त्वपूर्ण अंशका रूपमा रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा कुल यथार्थ खर्चमा वैदेशिक ऋणको अनुपात करिब ७ प्रतिशत हाराहारी देखिएको भए पनि कुल पुँजीगत खर्चमा यसको अंश करिब ६० प्रतिशत देखिन्छ।
१४ साउन २०८३, बिहिबार १२:२७ मा प्रकाशित