भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, २४ जनाको पहिचान

nepalkuro.com

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । त्यस्तै, २४ शवको पहिचान भइसकेकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको उनले जानकारी दिए ।

हाल ५९ शव अस्पतालमै रहेका छन् । केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट उद्धार गरिएका तथा फेला परेका शवलाई पहिचान र आवश्यक फरेन्सिक प्रक्रिया पूरा गर्न त्रिभुवन शिक्षण अस्पताल ल्याइएको हो ।

प्रतिक्रिया