भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने

nepalkuro.com

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

विभागले आज सूचना जारी गर्दै उक्त दुई दिन राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो।

विभागले सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया