कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गरियोस् – कमल थापा

nepalkuro.com

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार ललितपुर महानगरपालिका(२८ स्थित हरिसिद्धिमा गाडीले बालिकालाई ठक्कर दिने एमाले नेता तथा कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। थापा भन्नुहुन्छ – “ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्ने गैर जिम्मेवार र अमानवीय कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गरियोस् र कानुन बमोजिम कारबाही होस्।” 

प्रतिक्रिया