बाढीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा युवक पक्राउ

nepalkuro.com

काठमाडौं– भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार मडैले बाढीका विषयमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोले सामाजिक सद्भावमा खलल पुर्‍याउने देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मडैविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ।

प्रतिक्रिया