प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवामा आएको बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए। बुधबार दिउँसो सिंहदरबारमा सम्पन्न बैठकमा बाढीबाट हालसम्म भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो।
बैठकमा प्रधानमन्त्री शाहले विपद्पछिको उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।
उनले विपद्को यस कठिन समयमा सबैलाई आ–आफ्नो स्थानबाट बाढी प्रभावित क्षेत्रमा खटिएर नागरिकको उद्धार, खोजी तथा राहतमा सहयोग गर्न समेत आग्रह गरेका छन्।
१० भदौ २०८३, बुधबार १२:२८ मा प्रकाशित