देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको पूजा

nepalkuro.com

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित, कल्याण र सुख–शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेका हुन् ।

पूजाआराधनाका क्रममा राष्ट्रपति पौडेलले देश तथा जनताको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरेका थिए । पूजापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।

प्रतिक्रिया