राष्ट्रियसभा बैठक आज, विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

nepalkuro.com

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शाह स्वयं राष्ट्रियसभा बैठकमा उपस्थित भएर उक्त विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्छन् वा अन्य मन्त्रीलाई जिम्मेवारी दिन्छन् भन्नेबारे भने संसद् सचिवालयले कुनै जानकारी दिएको छैन।

राष्ट्रियसभाबाट विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत भएपछि समितिमा त्यस विधेयकमाथि दफावार छलफलको प्रक्रिया अघि बढ्नेछ। समितिले विधेयकका विभिन्न प्रावधानमाथि छलफल गरी आवश्यक संशोधन तथा सुझावसहित प्रतिवेदन तयार गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

प्रतिक्रिया