सामाजिक सद्‌भाव कायम राख्न उद्योग वाणिज्य महासङ्घको अपिल

nepalkuro.com

सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा विगत केही दिनदेखि देखिएको अशान्त वातावरण, झडप र सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती घटनामा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, झडपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक र बहुधार्मिक एकताको देश रहेको स्मरण गराउँदै महासङ्घले सामाजिक अशान्ति र हिंसाले कसैको पनि हित नगर्ने बताएकाे छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप र हिंसाले सर्वसाधारणको दैनिक जीवनयापन मात्र होइन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउँछ । सामाजिक सद्‌भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पहिलो पूर्वसर्त हो ।’

प्रतिक्रिया