कांग्रेसको १५औँ महाधिवेशन : तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका संशोधन गरेको हो।
परिमार्जित कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा हुने भएको छ। निर्वाचन समितिका अनुसार स्थानीय अनुकूलताअनुसार ती दुईमध्ये कुनै एक दिन अधिवेशन गर्न सकिनेछ।
यसअघि वडा अधिवेशन २४ भदौमा गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको थियो। नयाँ कार्यतालिकाअनुसार ७ असोजमा गाउँ–नगर तथा १० असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएका छन्।
निर्वाचन समितिले भने कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति परिवर्तन गरेको छैन। यसअघिकै निर्णयअनुसार १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन हुने निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।