प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
nepalkuro.com
१८ भदौ २०८३, बिहिबार
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज (बिहीबार) अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ।
प्रधानमन्त्रीको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक विषयका साथै सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने बताइएको छ।
बैठकमा पछिल्लो अवस्थाका विषयमा समीक्षा तथा आवश्यक निर्णयसमेत हुनसक्ने जनाइएको छ।