बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा गरिने

nepalkuro.com

काठमाडौं– सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार बाढी तथा विपद्का कारण प्रभावित भएका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाइनेछ।

प्रतिक्रिया