पाकिस्तानको ब्राेड पिकमा उद्धार तथा शव संकलनका लागि खटिएको नेपाली ग्राउन्ड टिमले हालको स्थानबाट टोलीलाई क्याम्प–१ सम्म ल्याउने तयारी गरेको छ। उद्धार स्थलबाट नेपाली पर्वतारोही मिग्मा डेभिड शेर्पाले दिएको जानकारीअनुसार टोलीलाई क्याम्प–१ सम्म ल्याएपछि भोलि जापानी क्याम्पतर्फ लैजाने योजना बनाइएको छ।
मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत उद्धारको सम्भावना रहेको शेर्पाले बताएका छन्। यद्यपि हेलिकोप्टर उद्धार मौसम र हिमालको अवस्थामै निर्भर रहनेछ।उद्धार अभियानको मुख्य उद्देश्य दिवङ्गत पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउनु रहेको शेर्पाले बताएका छन्। उद्धारमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा प्राथमिकतामा राखेर प्रत्येक निर्णय लिइरहेको उनले उल्लेख गरेका छन्।
१७ साउन २०८३, आईतबार १२:४४ मा प्रकाशित