बाढीको घाउ अझै ताजा : राहतसँगै बालबालिकाको भविष्य जोगाउने चुनौती

nepalkuro.com

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक साता बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्न सकेको छैन। विपत्तिले निम्त्याएको विनाश र पीडाका बीच विशेषगरी बालबालिका तथा स्थानीय समुदायको भविष्यलाई लिएर चिन्ता बढ्दै गएको छ।

यसैबीच, ‘सेभ द चिल्ड्रेन’लगायतका संस्थाले अति प्रभावित क्षेत्रमा खाद्यान्न, शुद्ध पिउने पानी तथा सरसफाइका सामग्री वितरण गर्दै राहत कार्यलाई तीव्रता दिएका छन्। संस्थाले तत्काल राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनाका लागि पनि योजना बनाउन थालेको जनाएको छ।

संस्थाकी प्रतिनिधि लेफेभ्रेले मिडियाको चासो र प्रारम्भिक राहत अभियान कम भएपछि प्रभावित परिवारहरूको वास्तविक संघर्ष सुरु हुने बताएकी छन्।

‘मिडियाको चासो सकिएपछि र मानिसहरू फर्किन थालेपछि वास्तविक संघर्ष सुरु हुन्छ। जसका घरहरू बाढीले बगाएर लग्यो, उनीहरूका लागि अबको चुनौती जीविकोपार्जन र आफ्नो जीवनलाई पुनः उठाउनु हुनेछ,’ उनले भनिन्।

बाढीले थिलथिलो बनेको जनजीवनलाई पुनः उकास्न संस्थाले स्थानीय निकायसँग समन्वय गर्दै दीर्घकालीन पुनर्निर्माण योजना बनाउन थालेको छ। अबको प्राथमिकता बालबालिकाको शिक्षा र प्रभावित समुदायको आर्थिक पुनरुत्थान रहेको उनको भनाइ छ।

‘बालबालिकाहरू जतिसक्दो चाँडो विद्यालय फर्किनुपर्छ। उनीहरूलाई तत्काल शिक्षाको वातावरण आवश्यक छ,’ उनले भनिन्।

विपत्तिले बालबालिकाको कोमल मनमा समेत गहिरो असर पारेको भन्दै संस्थाले अस्थायी आश्रयस्थलमा बालमैत्री स्थान निर्माण गरी मनोसामाजिक बालबालिकाले जुन पीडा र विनाशका दृश्य भोगेका छन्, त्यसलाई उनीहरूले कसरी आत्मसात् गर्लान् र उनीहरूको मनको घाउ कसरी निको होला भन्ने कल्पना गर्नसमेत कठिन छ,’ उनले भावुक हुँदै भनिन्।

बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। यद्यपि, नेपाल–चीन सीमा क्षेत्रमा सयौं विदेशी नागरिकसहित हजारौं मानिस अझै बेपत्ता रहेको जनाइएको छ।

प्राकृतिक विपत्तिको यो कठिन घडीमा तत्काल उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माण, जीविकोपार्जनको पुनःस्थापना तथा बालबालिकाको शिक्षा र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु अबको साझा दायित्व बनेको छ। परामर्शदाता परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया