नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । जुलाई मध्य मनसुन याम हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्ष जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । २०२५ जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए ।बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४ सय ९० जना आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो ।
त्यस्तै चीनबाट आउने पर्यटक उल्लेख्य बढेका छन् । गत जुलाईमा चीनबाट ११ हजार ९९ पर्यटक आएका छन् । यो गत वर्ष जुलाईमा आएका ६ हजार ८ सय ९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो ।
१८ साउन २०८३, सोमबार ०५:०६ मा प्रकाशित