बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर प्रयोग सहज, छुट्टै अनुमति नचाहिने

nepalkuro.com

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि सरकारले उद्धार कार्यलाई तीव्र बनाउने तयारी गरेको छ।

बाढीका कारण सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। केही स्थानमा मानिसहरू सम्पर्कविहीन भएको बताइए पनि सम्पर्कविहीन व्यक्तिको यकिन संख्या भने अझै स्पष्ट हुन सकेको छैन।

विपद्को अवस्थामा उद्धारमा ढिलाइ नहोस् भन्दै सरकारले बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरलाई छुट्टै अनुमति लिन नपर्ने व्यवस्था गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी हेलिकप्टरलाई आवश्यकताअनुसार तत्काल उद्धार उडान गर्न सहजीकरण गर्ने निर्देशन दिएको जनाएको छ।

सरकारको यो निर्णयसँगै सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा बाढीका कारण फसेका नागरिकको उद्धारलाई थप तीव्रता दिन सकिने अपेक्षा गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलनलाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय र व्यवस्थापन अघि बढाउने जनाएको छ।

प्रतिक्रिया